समाज


सुदूर तथा मध्यपश्चिममा हिमपात: यातायात र हवाई उडान ठप्प

सुदूर तथा मध्यपश्चिममा हिमपात: यातायात र हवाई उडान ठप्प

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार ९:४७,

जुम्लामा बिहानैदेखि भारी हिमपात भएपछि यहाँको जनजीवन कष्टकर भएको छ। जुम्लाबाट चल्ने लामा तथा छोटो दूरीका यातायात साधन र हवाई मार्ग ठप्प हुँदा तराई जाने यात्रुलाई सास्ती भएको कर्णाली यातायात समितिका अध्यक्ष मीनबहादुर थापाले जनाकारी दिए।

मङ्सिर महिनाको अन्तिम साता परेको हिउँले यहाँका किसानले लगाएका गहुँ, जौ र हिउँदे बालीलाई फाइदा हुने तिला गाउँपालिका–१ का किसान सुन्दरी पाण्डे रावतले बताए। जुम्लामा पानी नपर्दा किसानले लगाएको बालीनालीलाई पानीको समस्याले राम्रोसँग हुर्काउन नसकेका बेला सही समयमा हिउँ परेको छ। हिउँबाट निस्केको पानीले बालिनालीलाई मात्र नभई स्याउका बिरुवालाई पनि राम्रोसँग फाइदा हुने किसान रतिमान बुढाले बताए।

हिउँ परेकाले यहाँका अग्ला हिमालमा नचढ्न र सानासाना बालबालिकालाई हिउँमा राखेर नखेल्न प्रशासनले अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिए। जुम्लामा बिहानदेखि अहिलेसम्म करीब दुई फिटभन्दा बढी हिउँ परेको जनाइएको छ। हिउँ अझै बाक्लो पर्ने सम्भावना भएकाले आफ्ना बालबालिकालाई घरभित्रै राखेर न्यानो बनाउन सुझाव दिइएको छ।

सुदूरपश्चिमकाे जनजीवन प्रभावित

एक्कासि मौसममा आएको परिवर्तनसँगै बढेको चिसोले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा वर्षाले जनजीवन प्रभावित बनेको छ भने पहाडी जिल्लामा हिमपात भएको छ। हिमपातका कारण ती क्षेत्रको जनजीवन प्रभावित भएको छ।

बिहीबार रातिदेखि भएको हिमपातले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा लगायतका पहाडमा हिमपातका कारण जनजीवन प्रभावित बनेको हो। रातिदेखि शुरु भएको वर्षाका कारण चिसो बढ्दै गएपछि परेको हिमपातले जिल्लाका सुदूपहाडको प्रवेशद्वार डडेल्धुराको भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ। सवारी साधन सञ्चालन नआएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको पहाडी राजमार्ग भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको हगुल्डे र साँहु खर्कमा बढी हिमपात भएपछि पहाडी जिल्ला जोड्ने यातायात बन्द भएको बताइएको छ। यसैगरी बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे र बैतडी–दार्चुला सड्क खण्डअन्तर्गत सतबाँझमा हिमपात हुँदा उक्त सडकसमेत बन्द भएका छन्।

तापक्रम घट्दै जानाका साथै मौसम पनि बिग्रँदो अवस्थामा रहेको बताइएको छ। बिहीबारदेखि तापक्रम झर्दो अवस्थाले गर्दा इन्टरनेटलगायतका सञ्चार सेवामा समेत अवरुद्ध भएका छन् भने हिमपातले लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्न असहज भएको उग्रतारा यातायात प्रालिले जनाएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad