समाज


वर्गीकरणमा विभेद गरिएको भन्दै प्रेस काउन्सिलमा धर्ना

वर्गीकरणमा विभेद गरिएको भन्दै प्रेस काउन्सिलमा धर्ना

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार ९:४५,

पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै आन्दोलनरत पत्रकारहरुले प्रेस काउन्सिल नेपालमा धर्ना दिएका छन्।

पत्रकारहरुले प्रेस काउन्सिल शुद्धीकरण अभियान र पत्रपत्रिका वर्गीकरणमा गरिएको विभेद विरुद्ध आफूहरुले राखेको माग सम्बोधन नभएको भन्दै शुक्रबार धर्ना दिएका हुन्। उनीहरुले काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन्।

धर्ना कार्यक्रममा आन्दोलनरत केन्द्रीय संघर्ष समितिका संयोजक दिपक पाण्डेले प्रेस काउन्सिलले वर्षौंदेखि गर्दै आएको अन्याय र अत्याचारको निर्मुल गर्ने अभियानमा आन्दोलन गर्नुपरेको बताए। उनले काउन्सिलमा आफना मागहरु सहितको ज्ञापनपत्र बुझाउँदा समेत छलफलका लागि नबोलाइएको बताए। उनले पत्रिका वर्गिकरणको नाउँमा स्रोत र साधनको दोहन गरिएको समेत बताए।

आन्दोलनरत पत्रकारहरुले प्रेस काउन्सिलले आचारसंहिताको नाउँमा गरेको खर्च पत्रकारहरुको हितमा नभएको आरोप समेत लगाएका छन। उनीहरुले प्रेस काउन्सिललाई पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गर्नेगरी वातावरण निर्माण गर्न समेत माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad