कारोबार


बाजेको सेकुवाले अमेरिकाको डालासमा खोल्यो १४ औं शाखा

बाजेको सेकुवाले अमेरिकाको डालासमा खोल्यो १४ औं शाखा

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार ९:३१,

बाजेको सेकुवाको १४ औं शाखा अमेरिकाको टेक्सास राज्यको डालास शहरमा सञ्चालनमा आएको छ। लोकप्रिय नेपाली गायक शिव परियारको सांगीतिक कार्यक्रमबीच शुक्रबार नयाँ शाखाको समुद्घाटन गरिएको हो।
टेक्सास राज्यमा बसोबास गर्ने नेपाली, भारतीय र नेपाली मौलिक स्वाद मन पराउने विदेशीलाई लक्षित गर्दै शाखा विस्तार गरिएको बाजेको सेकुवाका अप्रेशन प्रमुख सञ्जिव तिमल्सिनाले जानकारी दिए।
अप्रेशन प्रमुख तिमल्सिनाका अनुसार बाजेको सेकुवाले अमेरिकामा आफ्नो ट्रेडमार्क दर्ता गराई लाइसेन्स मोडेलमा उक्त शाखा सञ्चालनमा ल्याइएको हो।

नयाँ शाखामा नेपाली र विदेशी गरी कम्तिमा २५ जनाले रोजगारी पाएका छन्। यसअघि अमेरिकाको न्यूयोर्कमा लाइसेन्स मोडेलमा रेष्टुरेन्ट सञ्चालन भइरहेको छ। डालास लगत्तै अष्ट्रेलिया र बेलायतमा पनि शाखा विस्तारको प्रक्रिया अगाडि बढिसकेको तिमल्सिनाले बताए।

नेपालमा नेपालगञ्ज, विराटनगर र चितवनको मुग्लिनमा पनि शाखा विस्तार गर्ने तयारी भइरहेको छ। भर्खरै भक्तपुरको गठ्ठाघर र ललितपूरको कुमारीपाटीमा पनि बाजेको सेकुवाका शाखाहरु सञ्चालनमा आएका छन्।

काठमाडौंको सिनामंगलबाट चार दशकअघि सुरु भएको बाजेको सेकुवा रेष्टुरेन्ट अन्तर्गत उपत्यका बाहिर तीन, अमेरिकामा दुईसहित १४ वटा रेष्टुरेन्ट सञ्चालनमा छन्।

विदेशमा पनि शाखा विस्तार गर्दै नेपाली मौलिक स्वादका माध्यमले नेपाललाई विश्वसामू चिनाउने कम्पनीको लक्ष्य रहेको अप्रेशन प्रमुख तिमल्सिनाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad