नेपाल पत्रकार महासंघले महासंघका सुनसरी शाखाका उपाध्यक्ष एवं न्यूज २४ टेलिभिजनका प्रदेश १ का संयोजक सन्तोष काफ्लेलाई पत्रकार सम्मेलनमा बोलाई ढिलो पुगेको भन्दै आयोजक पक्षका केही व्यक्तिले कुटपिट गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्वतन्त्रपूर्वक पेशागत धर्म निर्वाह गर्ने पत्रकारलाई पत्रकार सम्मेलनमा बोलाएर कुटपिट गरिएको घटनाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघको ठहर छ।
मंसिर २६ गते दिउँसो धरान–१२ स्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थामा बचत गर्नेहरु ठगिएको विषयमा पीडित पक्षबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा ढिलो पुगेको भन्दै आयोजक पक्षका नरेश शाही, दीपक राईलगायतले कुटपिट गर्दा पत्रकार काफ्लेको नाक भाचिनुका साथै आँखामा गहिरो चोट लागेको छ।
महासंघले घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न सबैको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न र पत्रकार काफ्लेको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।

प्रतिक्रिया