कारोबार


भ्रमण वर्षलक्षित बीआरआई यातायात तथा पर्यटन सम्मेलन सुरु

भ्रमण वर्षलक्षित बीआरआई यातायात तथा पर्यटन सम्मेलन सुरु

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार ८:५६,

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरुपमा सफल पार्न सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको बेल्ट एण्ड रोड इनिसिएटिभसम्बन्धी यातायात र पर्यटन सम्मेलन सुरु भएको छ ।

अन्नपूर्ण होटेलमा भएको सम्मेलन चीनको राजधानी बेइजिङ्गमा हेडक्वार्टर रहेको बीआरआई ट्रान्सपोर्ट एलाइन्स (ब्रिटा)ले नेपालको नासा फाउन्डेसनसँगको सहकार्य गरेको हो ।

भोली सम्म चल्ने सम्मेलनमा नेपाल भ्रमणवर्ष २०२० इन्टरनेशनल वर्कशप अन ट्रान्सपोर्ट एण्ड टुरिज्म (यातायात र पर्यटन)मा सहकार्यसम्बन्धी भ्रमणवर्ष २०२० अन्तर्राष्ट्रिय कार्यशाला सञ्चालन हुनेछ।

नेपाल इञ्जिनियर्स एसोसिएसनको सहआयोजना, तुन्दी कन्स्ट्रक्सनसँगको पार्टनरशिप, चिनियाँ हाइवे एण्ड ट्रान्सपोर्ट सोसाइटी तथा नेपाल अटोमोबाइल्स एसोसिएसनको सहकार्यमा कार्यक्रम हुँदै छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सहयोग तथा पर्वतीय खेलकुद महासंघ नेपालको समन्वयमा हुने सो कार्यक्रममा पर्यटन क्षेत्रमा लगानीको सम्भावना, ड्राइभ टुरिजम, बीआरआई एण्ड टुरिजम, पर्यटन सेफ्टी तथा क्रस बोर्डर कनेक्टिभिटीजस्ता विषयमा सम्बन्धित विज्ञहरुको १६ वटा पेपर प्रस्तुत गरिने बताइएको छ ।

कार्यशालामा चिनियाँ सरकारी तथा व्यावसायिक क्षेत्रको प्रस्तुति रहनेछ भने नेपालको केन्द्र  सरकार तथा प्रदेश सरकारका उच्चअधिकारीहरु, सांसदहरु, पर्यटन क्षेत्रका विज्ञ तथा व्यवसायिहरु, सडक तथा यातायात विज्ञहरु, चीन, भारत, संयुक्त अधिराज्य लगायत देशका विज्ञहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको प्रस्तुति रहने छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad