ad ad

समाज


नेपालद्वारा पाकिस्तानलाई राहत सामग्री हस्तान्तरण

नेपालद्वारा पाकिस्तानलाई राहत सामग्री हस्तान्तरण

नेपाल सरकारले विपदमा परेका पाकिस्तानीलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडीए तीन सय ३० जहाजमार्फत पाकिस्तानको कराँची सहर पठाउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा। तस्बिर : सिबी अधिकारी/रासस


नेपालखबर
भदौ २८, २०७९ मंगलबार १७:४९, काठमाडौँ

नेपाल सरकारले विपदमा परेको पाकिस्तानलाई उपलब्ध गराएको मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। राहत सामग्री लिएर आएको टोलीले कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा लम्सालले पाकिस्तानको सिन्ध प्रान्तका समाज कल्याणमन्त्री सजिद जोखियोलाई सहायता सामग्री हस्तान्तरण गरे। 

अत्यावश्यक औषधि, खाद्यान्न, लत्ताकपडालगायत २२ टनभन्दा बढी सामग्री हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्साल नेतृत्वको नेपाली प्रतिनिधीमण्डल आजै यहाँ आएको हो। पाकिस्तानमा हालै आएको भारी वर्षाका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको थियो भने हजारौं घर डुबानमा परेका थिए।

उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजमार्फत पाकिस्तानको कराँची सहर ल्याइएको हो। यसअघि उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा नारायण खड्काले बिदाइ गरेका थिए। उक्त प्रतिनिधी मण्डल आजै साँझ काठमाडौँ फर्कने कार्यक्रम छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .