ad ad

कारोबार


अशोक लेल्याण्डको चाडपर्व अफर, हर्षको वहारमा छानी–छानी उपहार

अशोक लेल्याण्डको चाडपर्व अफर, हर्षको वहारमा छानी–छानी उपहार

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १७:४९, काठमाडौँ

आइएमई मोटर्सले दसैँ  तिहारलाई लक्षित गरी अशोक लेल्याण्ड गाडीहरुमा चाडपर्ब, हर्षको बहार लैजानुहोस् छानी छानी उपहार अफर सार्वजनिक गरेको छ। 

अफर आन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन अथवा दुई जानलाई थाइल्यान्ड टुर पाउनेछन्।
 
आईसीभी/ट्रक/ टिप्पर/ आईसीभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई  जानालाई सिङ्गापुर टुर पाउनेछन् । एम एण्ड एचसीभी/ट्रक/ टिप्पर/ एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जानलाई यूरोप टुरमध्ये एक छानेर लिन सक्नेछन्।

कम्पनीले उपहारसहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर वाँकी ७० प्रतिशत रकमलाई सरल किस्तावन्दिमा भुक्तानी गर्ने गरी कुनै पनि सवारीसाधनहरु खरिदगर्न सक्नेछन्। अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनहरुमा उपलब्ध हुने र सिमित अवधीका लागि मात्र लागू गराइएको जनाइएको छ ।
   
रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .