समाज


पक्राउ परेका मिटरब्याज पीडितले प्रहरी कार्यालयभित्रै सुरु गरे नाराबाजी

पक्राउ परेका मिटरब्याज पीडितले प्रहरी कार्यालयभित्रै सुरु गरे नाराबाजी

प्रहरी कार्यालयभित्र नाराबाजी गर्दै मिटरब्याज पीडित। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ २७, २०७९ सोमबार १३:३२, काठमाडौँ

कीर्तिपुरबाट पक्राउ परेका मिटर ब्याज पीडितहरुले प्रहरी कार्यालयभित्रै नाराबाजी सुरु गरेका छन्। 

कीर्तिपुरदेखि माइतीघरसम्म पैदल यात्रामा निस्केका मिटर व्याज पीडितलाई रोक्न प्रहरीले धरपकड गर्दै पक्राउ गरेको थियो। 

पक्राउ परेका मिटर ब्याज पीडितहरुलाई कीर्तिपुर प्रहरीले पक्राउ गरेको थियो।

कीर्तिपुरको आयुर्वेद अध्ययन संस्थान आइपुगेको ५०/६० जनाको टोलीलाई प्रहरीले रोक्न लाठी चार्ज गरेको थियो।

पीडितको तर्फबाट संघर्षमा रहेका प्रमोद धितालका अनुसार अहिले पीडितहरुले प्रहरीको कार्यालयभित्रै नाराबाजी गरिरहेका छन्। 

‘माइतीघर हिँडेका आन्दोलनकर्मी साथीहरुलाई प्रहरीले बाटोमै धरपकड गरेर पक्रेर ल्याएपछि अहिले हामी कीर्तिपुर प्रहरी वृत्तमै नाराबाजी गरिरहेका छौँ’, धितालले नेपालखबरसँग भने।

आफ्नो माग सुनुवाइमा सरकारले चासो नदिएको, सुनुवाई नगरेको र पीडितलाई न्याय दिलाउन कुनै कदम नचालेको पीडित किसानको गुनासो छ।

एक महिनादेखि मिटर ब्याज पीडित किसानहरू माइतीघरमा धर्नामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .