समाज


स्वास्थ्य मन्त्रालयको आग्रह : डेंगुबाट जोगिन पूरा बाउला भएको लुगा लगाउनू

स्वास्थ्य मन्त्रालयको आग्रह : डेंगुबाट जोगिन पूरा बाउला भएको लुगा लगाउनू

फाइल तस्बिर


नेपालखबर
भदौ २७, २०७९ सोमबार १३:३८, काठमाडौँ

देशभर लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुले महामारीको रुप लिन लागेपछि सरकारले सर्वसाधारण र कर्मचारीलाई पूरा बाउला भएको लुगा लगाउन भनेको छ। 

डेंगु संक्रमण बढ्दै गएपछि जोगिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेको टोकाइबाट जोगिन पूरा बाउला भएको लुगा लगाउन आग्रह गरेको हो।  

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले डेंगुको प्रकोप सातै प्रदेशमा पुगेको पनि जानकारी दिएका छन्। उनका अनुसार हालसम्म ७५ जिल्लाका आठ हजार २३७ जनालाई डेंगु संक्रमण भइसकेको छ।

'डेंगु रोग लाग्न नदिने सबैभन्दा उत्तम उपाय लामुखट्टेको टोकाइबाट जोगिनु हो,' डा. अधिकारीले सोमबार वक्तव्य निकाल्दै भनेका छन्। 

उनले उज्यालो भएको बेला खासगरी बिहान र साँझ सक्रिय हुने एडिज जातको लामखुट्टेले टोक्दा डेंगु हुने भएकाले सतर्कता अपनाउन भनेका छन्। अधिकारीले डेंगुबाट जोगिन कार्यस्थल वरिपरि सफा राख्न पनि आग्रह गरेका छन्। 

मन्त्रालयले डेंगुबाट जोगिन पूरा बाउला भएको लुगा लगाउन पनि आग्रह गरेको छ। 'कार्यालय समयमा पूरा बाउला भएको पोशाक अनिवार्य लगाउनुहुन नेपाल सरकारका सम्पूर्ण कर्मचारी एवम् सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरूमा अनुरोध छ', उनले वक्तव्यमार्फत भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .