ad ad

समाज


‘शासन र सेवा प्रवाह’ विमोचन

‘शासन र सेवा प्रवाह’ विमोचन

नेपालखबर
भदौ २२, २०७९ बुधबार १६:५९, काठमाडौँ

नेपाल निजामती कर्मचारी संगठन खानेपानी मन्त्रालय विभागीय कार्यसमितिले प्रकाशन गरेको ‘शासन र सेवा प्रवाह’ पुस्तक विमोचन भएको छ।

खानेपानी विभागमा आयोजित निजामती सेवा दिवसको अवसर पारेर आयोजित कार्यक्रममा मन्त्रालयका सचिव मणिराम गेलाल र संगठन केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले पुस्तक विमोचन गरे।

सार्वजनिक प्रशासनसँग सम्बन्धित विषयहरु र समसामयिक शासकीय मामिलाहरुमा  नेपाल सरकारका सचिव सहसचिव लगायतका विषय विज्ञहरुको ३७ वटा लेख पुस्तकमा समावेश गरिएको कुरा पुस्तकको सम्पादक केदार खतिवडाले बताए।

सार्वजनिक प्रशासनका परीक्षाको तयारीमा रहेका र प्रशासनको विषयमा जानकारी राख्न खोज्ने जो सुकैलाई पुस्तक उपयोगी हुने सम्पादक खतिवडाले जानकारी दिए। 

पुस्तक भोलिदेखि बजारमा उपलब्ध हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .