ad ad

ग्लोबल


कच्चा तेलको मूल्य सात महिनायताकै सस्तो, भारतमा मूल्य घटाइँदै

कच्चा तेलको मूल्य सात महिनायताकै सस्तो, भारतमा मूल्य घटाइँदै

नेपालखबर
भदौ २२, २०७९ बुधबार १७:०, काठमाडौँ

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात महिनायताकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ। 

अहिले क्रुड आयलको मूल्य प्रतिब्यारल ९२ डलरमा कारोबार भइरहेको छ। विज्ञहरुले यो मूल्यमा अझै गिरावट आउन सक्ने बताएका छन्। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल सस्तिएपछि नेपालको मुख्य आयात बजार भारतमा पेट्रोल-डिजेलको मूल्यमा प्रतिलिटर भारु ३ रुपैयाँ घट्ने बताइएको छ। 

यसअघि गत फेब्रुअरीमा कच्चा तेलको मूल्य ९० डलर प्रतिब्यारल थियो। जो जुनमा १२५ डलर प्रतिब्यारलसम्म पुग्यो।

विज्ञहरुले कच्चा तेलको मूल्य घटेर प्रतिब्यारल ८५ डलरसम्म झर्न सक्ने बताएका छन्। 

कच्चा तेलको मूल्य १ डलर प्रतिब्यारल महँगो हुँदा भारतमा पेट्रोल-डिजेलको मूल्य ५०-६० पैसा प्रतिलिटर बढ्छ। यस्तोमा यही दरले घट्दा भारतमा अबको केही समयपछि प्रतिलिटर ३ देखि ४ रुपैयाँ सस्तो हुने आँकलन छ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १२५ डलर प्रतिब्यारलसम्म पुगेको थियो। जुन सेप्टेम्बर भन्दाअघि हप्तामा ९२ डलर प्रतिब्यारल कारोबार भएको थियो। 

यस अनुसार क्रुडको मूल्य २६ प्रतिशतले सस्तो भइसकेको छ। चीन र युरोपका कयौँ देशको अर्थव्यवस्था दबाबमा छ। यहीकारण क्रुडको माग अझै घट्न सक्नेछ।

यता नेपालमा भारतले तीन पटकसम्म घटेको दर पठाउँदा पनि मूल्य समायोजना नगरेको आयल निगमले पछिल्लो पटक केही बढेको पठाउनेबित्तिकै वृद्धि गरिसकेको छ। 

निगमले अहिले पनि तेलको घाटा मासिक ६१ करोड रहेको भन्दै मूल्य घटाउन मानिरहेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .