ad ad

समाज


अस्ट्रेलियामा शनिबार नेपाल फेस्टिभल हुँदै

अस्ट्रेलियामा शनिबार नेपाल फेस्टिभल हुँदै

नेपालखबर
भदौ २२, २०७९ बुधबार ८:३९, काठमाडौँ

नेपाली कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी शनिबार अस्ट्रेलियाको मेलबर्नमा नेपाल फेस्टिभल आयोजना गरिँदै छ। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा हरेक २ वर्षमा आयोजना हुने नेपाल फेस्टिभल कोरोना महामारीका कारण यसअघि हुन सकेन।  

मेलबर्नको फेडरेसन स्क्वायरमा हुने नेपाल फेस्टिभलको सबै तयारी पूरा भइसकेको एनआरएनए भिक्टोरिया संयोजक हरि खड्काले जानकारी दिए। 

अस्ट्रेलियामा नेपाललाई चिनाउने उत्सवका रूपमा मनाइने नेपाल फेस्टिभलमा सबै नेपालीलाई सहभागी हुन एनआरएनएले आग्रह गरेको छ। नेपाल फेस्टिभल आयोजनामा भिक्टोरिया अवैतनिक महावाणिज्य दूतावासको विशेष सहकार्य छ। 

भिक्टोरियाका अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले नेपाल फेस्टिभलले अस्ट्रेलियामा नेपालका भाषा, संस्कृति, कला चिनाउनाका साथै नेपालको पर्यटन प्रर्वद्धन गर्न र दुई देशबीचको सम्बन्ध सुदृढीकरणमा सहयोग पुग्ने बताए। 

महोत्सवको प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेल हुनेछन्। भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योन्जनलगायत अन्य राज्यका अवैतनिक महावाणिज्यदूत पनि सहभागी हुनेछन्। 

त्यसबाहेक पाकिस्तान, बंगलादेश, भारतलगायत दक्षिण एसियाली मुलुकहरूको महावाणज्यि दूतावासको सहभागिता रहने एनआरएनए संयोजक हरि खड्काले जानकारी दिए। 

फेस्टिभलमा भिक्टोरिया राज्यका शिक्षा तथा महिला मन्त्री नाताली हचिन्स, ऊर्जा तथा वातावरण मन्त्री लिली डी एम्रेसियोलगायत २० जना सांसद र ६ जना मेयर सहभागी हुनेछन्। 

कार्यक्रम सफल पार्न नेपालबाट पर्यटन बोर्डले ६० किलो बराबरको नेपालको झन्डा, नक्सालगायत पर्यटन प्रर्वद्धनका सामग्री उपलब्ध गराएको संयोजक खड्काले बताए।  

फेस्टिभलमा ४६ स्टल रहनेछन्। फेस्टिभललाई ब्लुबेरी रियल स्टेटले मुख्य प्रायोजन गरेको छ। त्यसबाहेक आरजीआईटी कलेज, यूआईए कजेल, एक्सपर्ट एजुकेसन, ग्रेस इन्टरनेसनल लगायतले सहयोग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .