ad ad

समाज


सुरु भयो पश्चिमी वायुको प्रभाव, हिमपातका कारण हिमाली जिल्लाको जनजीवन कष्टकर

सुरु भयो पश्चिमी वायुको प्रभाव, हिमपातका कारण हिमाली जिल्लाको जनजीवन कष्टकर

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ५:४१,

बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव बिहीबार बिहानै सुरु भएको छ। वायुका कारण हिमाली जिल्लामा हिमपात हुन थालेकाे हो।

पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहान ६ बजे सुरु भएको हिमपातका कारण अन्तरजिल्ला पुग्ने हवाई उडान नै प्रभावित भएको छ।

हिमपातका कारण जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द भएको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ। नेपालगन्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गरिरहेको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएका हुन्।

हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन्। हिमपातका कारण चिसो अत्यधिक बढेको छ। जनजीवन कष्टकर बन्दै गएको स्थानीय बासिन्दाले जनाएका छन्। त्यहाँको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ।

यस्तै माथिल्लो डोल्पामा पनि हिमपात भएको छ। बुधबार रातिदेखि नै भएको हिमपातले माथिल्लो डोल्पाको जनजीवन कष्टकर बनेको छ। मंसिरमै हिउँ परेपछि माथिल्लो डोल्पामा तपाक्रम माइनस १२ भन्दा बढी पुगेकाले चिसो अत्यधिक बढेको छ।

चिसोले घरबाहिर जानसमेत नसकिएको स्थानीयले बताएका छन्। माथिल्लो डोल्पाको पूरै भूभाग हिउँले सेताम्मे भएको छ।

याे पनि : नेपाल प्रवेश गर्‍याे शक्तिशाली पश्चिमी वायु, सतर्कता अपनाउन आग्रह

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .