ad ad

समाज


कञ्चनपुरमा नहरमा युवकको शव, नजिकै मोटरसाइकल

कञ्चनपुरमा नहरमा युवकको शव, नजिकै मोटरसाइकल

गोकुल जोशी
मंसिर २६, २०७६ बिहिबार ५:१८,

कञ्चनपुरको वेदकोट नगरपालिकामा आज (बिहीबार) एक युवकको शव भेटिएको छ।

वेदकाट नगरपालिका-१० को वडा कार्यालय (सिसाया चौराहा)नजिकै नहरमा तैरिरहेको अवस्थामा १९ वर्षीय युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर)का डीएसपी नरेन्द्र चन्दले नेपालखबरलाई जानकारी दिए।

युवकको पहिचान भने खुल्न सकेको छैन। घटनास्थलतर्फ प्रहरी टोली गएको छ।

घटनास्थलनजिकै मोटरसाइकल भेटिएकाले दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ। मोटरसाइकल सिसैया प्रहरी चौकीको नियन्त्रणमा छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .