सिचुआन प्रान्तमा रहेको मिङ वंशकालिन चिहानमा पुरातत्वविदहरुले माटोको भाडाभित्र चामलसँगै अण्डा भेटेका हुन्।
सिन्ह्वाका अनुसार उक्त चिहान याङ मिङको हो। मिङको निधन उनका दुई श्रीमतीसँगै सन् १५०१ मा भएको थियो।
चीनमा चिहानमा चामल र अण्डा भेटिनु सामान्य मानिन्छ। तर नफुटेको अण्डा भेटिनु दुर्लभ विषय हो।
इतिहासविदहरु चिनियाँहरु किन चिहानमा चामल अण्डा राख्छन् भनेर अझै अनुसन्धान गरिरहेका छन्।
यस सम्बन्धी धेरै मिथकहरु बनेका छन्।
प्रतिक्रिया