समाज


भारतीय वायुसेना उपप्रमुख नेपालमा, मंगलबार प्रधानमन्त्रीलाई भेट्ने

भारतीय वायुसेना उपप्रमुख नेपालमा, मंगलबार प्रधानमन्त्रीलाई भेट्ने

नेपालखबर
भदौ १२, २०७९ आइतबार १७:३७, काठमाडौँ

भारतीय वायु सेनाका उपप्रमुख तेजवीर सिंह नेपाल भ्रमणमा आएका छन्।

आइतबार दिउँसो उनको नेतृत्वमा नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा सञ्चालित नेशनल डिफेन्स कोर्ष-६२ मा सहभागी ३१ जना भारतीय सेना नेपाल आइपुगेका हुन्। 

उपप्रमुख सिंह नेतृत्वको टोली भदौ १६ गते सम्म नेपालमा रहने नेपाली सेनाले जनाएको छ।

५ दिन नेपाल रहँदा सैनिक टोलीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्नेछन्। 

सोमबार नै जंगी अड्डा भ्रमण गर्ने सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए। टोलीले मंगलबार पोखरास्थित मध्यकमाण्ड हेडक्वार्टरको भ्रमण गर्नेछ।

यस्तै भ्रमण दलले पशुपतिनाथ मन्दिर, काठमाडौं दरबार स्क्वायर, लुम्बिनी लगायत काठमाडौं र पोखराका पर्यटकीयस्थलहरुको अवलोकन गर्ने कार्यक्रम छ। 

यसअघि पनि विभिन्न देशले सञ्चालन गर्ने उच्चस्तरका सैनिक तालिममा सहभागीहरुले नेपालको भ्रमण गर्ने गरेका थिए।

यसखालको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर बनाउन मद्दत पुग्ने  र पर्यटन प्रवर्द्धन हुने सेनाको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad