कारोबार


‘टेलिकम क्षेत्रमा प्रतिस्पर्धा नहुँदा धेरै पैसा तिर्न ग्राहक बाध्य’

‘टेलिकम क्षेत्रमा प्रतिस्पर्धा नहुँदा धेरै पैसा तिर्न ग्राहक बाध्य’

नेपालखबर
भदौ १२, २०७९ आइतबार १७:३०, काठमाडौँ

चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले टेलिकम क्षेत्रमा प्रतिस्पर्धा नहुँदा ग्राहकले धेरै पैसा तिर्नु परेको बताएका छन्। उनले टेलिकम्युनिकेसन क्षेत्रमा नयाँ कम्पनी आउन नपाउँदा ग्राहकले बढी पैसा तिर्नु परेको बताएका हुन्। 

उनले नेपालमा करिब १० वर्षदेखि टेलिकम क्षेत्रमा आउन खोजेपनि विभिन्न कारणले आउन नसकेको बताए। आइतबार होटल हिमालयमा आयोजित सीजी कम्युनिकेसनको कार्यक्रममा चौधरीले कम्पनीहरुबीच प्रतिस्पर्धा नहुँदा इन्टरनेट डाटा धेरै महंगो भएको बताए। 

‘भारतमा जियो आएसँगै त्यहाँ टेलिकम क्षेत्रमा धेरै अघि बढेको छ,’ सीजी कम्युनिकेसनका प्रवन्ध निर्देशकसमेत रहेका चौधरीले भने, ‘जियोले डाटा सस्तो गर्ने बित्तिकै थुप्रै नयाँ व्यवसाय शुरु भएका छन्।’

उनले १ वर्षअघि सस्तो मूल्यमा सीजी नेट सार्वजनिक भएसँगै सेवाको गुणस्तरमा प्रतिस्पर्धा हुन थालेको बताउँछन्। उनले इन्टरनेट सेवा प्रदायकले धेरै रकम लिँदै आएको बताए। 

‘सिजी नेटले सस्तोमा इन्टरनेट उपलब्ध गराएर कम्पनी घाटामा गएको हल्ला पनि गर्छन्,’ चौधरीले भने, ‘सीजी कम्युनिकेसन सस्तोमा इन्टरनेट सेवा उपलब्ध गराए पनि घाटामा छैन।’

उनले बजारमा भएका अरु कम्पनीले बढी रकम लिने गरेको बताए। डिजिटल नेपालको भिजनलाई सीजीले सहयोग गरिरहेको बताउँदै १ वर्षमा नेपालमा नयाँ प्रविधि मात्रै नभई सेवामा नयाँ अनुभूती दिलाएको बताउँछन्।

सीजी नेटले ग्राहकलाई राम्रो अनुभूती दिलाउने अबको प्राथमिकता रहेको जनाएको छ। 

ग्राहकको गुनासो छिट्टै समाधान र कुनै समस्या हुने भए पूर्व जानकारी दिने व्यवस्था गर्न लागेको सीजीले जनाएको छ। 

१ वर्षअघि बजारमा आएको सीजी नेटका ४० हजार बढी इन्टरनेट ग्राहक पुगेका छन्। सीजीले काठमाडौं उपत्यकासहित ७ सहरमा आफ्नो उपस्थिती पुर्याएको छ। बुटवल, भैरहवा, कावासोती, रत्ननगर, गैँडाकोट, हेटौँडामा सीजी इन्टरनेटको पहुँच विस्तार भैरहेको छ। 

दुर्गममा इन्टरनेट पुर्याउन सेटलाइट प्रविधि भित्र्याउँदै  
चौधरी ग्रुपले इन्टरनेट पुग्न नसकेका दुर्गम क्षेत्रमा इन्टरनेट पहुँचको लागि ‘लो अर्बिट सेटलाइट’ भित्राउँदै छ। 

‘सेटलाइट प्रविधि भित्राउँदा नेपालको दुर्गम क्षेत्रमा इन्टरनेटको सहज पहुँच हुन्छ,’ उनी भन्छन्, ‘नेपालको सोलुखुम्बु होस् वा डोल्पामा सहजै इन्टरनेट चलाउन सकिन्छ।’

सीजीले नेपालमा इन्टरनेट मात्र नभई समग्र आइसिटी क्षेत्रमै नयाँ काम गर्न लागेको जनाएको छ। विश्वमा आएको नयाँ प्रविधि नेपालमा भित्र्याउन लागेको चौधरीले जानकारी दिएका छन्। 

नयाँ प्रविधिको रुपमा १० जीवीपीएसम्म चल्ने एक्सजीएस पिओएन भित्र्याउन लागेको छ। नेपालमा हाल यसको परिक्षण भइरहेकाले छिट्टै लञ्च हुने बताएका छन्। 

त्यस्तै मेस वाइफाई, वाईफाई ६, डाटा सेन्टर स्थापनाको लागि नेपालमा काम गरिरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad