सर्लाहीको बिष्णु गाउँपालिका–२ स्थित सडकबाट नलकटुवा पेस्तोल १ थान र गोली ३ राउण्ड सहित भारत घर भएका २१ वर्षीय संजय सिंहलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीले बिआर ३० यु ९८९४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल फेला पारी मोटरसाइकल सहित चालक सिंहलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया