राष्ट्रपति विद्यादेबी भन्डारीले संघीय संसदको प्रतिनिधि सभा तथा राष्ट्रिय सभा दुवै सदनको अधिवेशन पुस ४ गते शुरु हुने गरि आह्वान गरेकी छन्।
सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिशअनुसार सो आह्वान गरिएको हो।
तत्कालिन सभामुख कृष्ण बहादुर महराले बलात्कार प्रयास आरोपपछि राजिनामा दिएपछि सभामुख पद खाली छ।
संसद अधिवेसन शुरु हुनासाथ सबैभन्दा ज्येष्ठ सांसदबाट बैठक सञ्चालन गरि सभामुख चयन हुनेछ। त्यसलगत्तै केहि जरुरी विधेयकहरु पारित गर्ने कार्यक्रम छ।

प्रतिक्रिया