कारोबार


पर्यटक उद्धार गरेको विवरण नबुझाए पर्यटन संस्थामाथि नै कारबाही हुने

पर्यटक उद्धार गरेको विवरण नबुझाए पर्यटन संस्थामाथि नै कारबाही हुने

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार ११:३३,

पर्यटन विभागले सात दिनभित्र शरद ऋतुमा उद्धार तथा उपचार गरेका पर्यटकको विवरण नबुझाए सम्बन्धित पर्यटन संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ।

विभागले मंगलबार सूचना जारी गर्दै टे«ेकिङ एजेन्सी, हवाइ सेवा कम्पनी र स्वास्थ्य संस्थाहरुले सात दिनभित्र विवरण नबुझाए कारबाही गर्ने बताएको हो।

पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५ अनुसार सम्बन्धित निकायहरुले सिजन समाप्त भएको १५ दिनभित्र पर्यटन विभागमा पेश गर्नुपर्ने प्रावधान रहेको छ।

सम्बन्धित निकायहरुले उद्धार तथा उपचार गरेका पर्यटकहरुको विवरण सिजन समाप्त भएको १५ दिनभित्र विभागमा पेश गर्नुपर्नेमा सन् २०१९ को शरद ऋतुका सेप्टेम्बर, अक्टुबर, र नोभेम्बर महिनाभरमा सम्बन्धित निकायहरुले उद्धार तथा उपचार गरेका पर्यटकहरुको कुनैपनि विवरण नपठाएको विभागले जनाएको छ।

dpt tourism 2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad