समाज


अल्फाबिटाका सञ्चालकले बालेन्द्रलाई सोधे– तपाईं डन हो? (भिडिओसहित)

अल्फाबिटाका सञ्चालकले बालेन्द्रलाई सोधे– तपाईं डन हो? (भिडिओसहित)

नेपालखबर
भदौ ९, २०७९ बिहिबार १२:४७, काठमाडौँ

नयाँ बानेश्वरस्थित ‘अल्फा हाउस’का संचालक द्विराज शर्मा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच चर्काचर्की भएको छ। 

‘अल्फा हाउस’ पार्किङका लागि छुट्याइएको भवन भाडामा लगाएर फुटपाथमा पार्किङ गरेको समाचार बाहिरिएपछि मेयर शाह प्रहरी सहितको टोली लिएर अनुगमनका लागि पुगेका थिए। त्यहाँ केहीबेर शाह र शर्माबीच चर्काचर्की नै भएको थियो। 

शर्माले बालेन्द्रलाई ‘तपाईं डन हो?’ भन्दै प्रश्न गरेका थिए। जवाफमा शर्माले ‘ए बालेन सर तपाईं आवेगमा आएर नबोल्नुस्। तपाईं हाम्रै प्रतिनिधि होइन?’ भनेर प्रतिप्रश्न गरेका थिए। 

शर्माले भने, ‘तपाईंले मलाई थर्काउन खोज्नुभएको हो?, यसरी डन भएर आउने होइन्।’

बालेन्द्रले ‘तपाईंको घरको नक्सा म सँग हुन्छ?’ भनेर प्रश्न गर्दा चर्काचर्की सुरु भएको हो।

बालेनले बिहीबार शंखमुलस्थित बर्गर हाउसको पनि अनुगमन गरेर बेसमेन्ट खाली गराउन निर्देशन दिएका छन्। 

अल्फा बिटाले फुटपाथमै पार्किङदेखि नक्साबिनाको संरचना बनाएको गुनासो आएको थियो। बालेनमाथि अल्फा बिटाका सञ्चालक शर्माले स्टन्ट गरेको पनि आरोप लगाए। तर बालेनले आफूले मिडिया ल्याएर स्टन्ट नगरेको जवाफ दिए।

अल्फा हाउसका घरबेटीले भुइँतलामा राख्दै आएको पार्किङ हटाएर भाडामा लगाएका छन्। भवनमा आउने मानिसका लागि मोटरसाइकल पार्किङ गर्ने ठाउँमा अहिले कफी सप र फार्मेसी राखिएको छ। भवनको  पार्किङस्थल भाडामा लगाएर घरबेटीले पैसा कमाइरहेका छन् भने पार्किङ चाहिँ सडकको फुटपाथलाई बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad