समाज


६ महिनामा चितवनमा २६ सय पक्राउ, ७८ फरार अभियुक्त पनि

६ महिनामा चितवनमा २६ सय पक्राउ, ७८ फरार अभियुक्त पनि

नेपालखबर
मंसिर २३, २०७६ सोमबार १२:५,

जिल्ला प्रहरी कार्यालय चितनवनका अनुसार ६ महिनामा विभिन्न मुद्दामा फरार अभियुक्त तथा आपराधिक घटनामा स‌ंलग्न दुई हजार ६ सय पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार ७८ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको छ।

विभिन्न आपराधिक घटनामा संलग्न रही अदालतको फैसलाबाट कैद जरिवाना तोकिएका ७५ पुरुष र तीन महिला छन्। प्रहरीका अनुसार अनुपातमा अभियुक्तहरुले छ महिनादेखि दुई वर्षसम्म कैद सजाय पाएका छन्। उनीहरुबाट रु सात लाख ८३ हजार ५०० जरिवाना असुल गरिएको छ। अपराध मुद्दामा ४४६, अभद्र व्यवहारमा ४१३ जनालाई सरकारी वकिलको कार्यालयमार्फत मुद्दा चलाइएको छ।

अवैध सट्टेबाजी, नेटवर्किङ ठगी, चोरीको मोटरसाइकल किनबेच गर्ने गिरोह पक्राउ गर्न प्रहरी सफल भएको छ। ‘क्लिन चितवन अभियान’ अन्तर्गत विभिन्न घटनामा संलग्न एक हजार ७४७ लाई सोधपुछ तथा परार्मश गरी छाडिएको छ।

यस्तै जबरजस्ती वेश्यावृतिमा लगाउने पाँच जनालाई पक्राउ गरी छुट्टाछुट्टै तीन वटा मानव बेचविखन तथा ओसारपसार मुद्दा चलाइएको छ। जुवातास खेल्ने १३३ लाई पक्राउ गरी छुट्टाछुट्टै १६ वटा मुद्दा चलाएको प्रहरीले जनाएको छ।

चितवन प्रहरीले अवैध लागुऔषध खरिद विक्री तथा ओसापसार गर्ने ६७ जनालाई पक्राउ गरी छुट्टाछुट्टै ४० जनालाई मुद्दा चलाएको छ। जिल्लाको पहाडी क्षेत्रमा अवैधरुपमा लगाइएको १५० विघा गाँजा नष्ट गरेको छ। जिल्लमा ६ महिनाको अवधिमा सवारी नियम उल्लंघन गरी सवारी चलाउने २१ हजार ५१३ वटा सवारी तथा सवारी चालकलाई कारवाही गरिएको छ। उनीहरुबाट रु एक करोड ६९ लाख २४ हजार राजश्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad