हङकङमा अदालतमा आगजनी गर्नेलाई पक्राउ गर्न माग

हङकङमा अदालतमा आगजनी गर्नेलाई पक्राउ गर्न माग

मगेन्द्र राई
मंसिर २३, २०७६ सोमबार १२:११,

आइतबार सरकारविरोधी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले अदालतमा आजगनी गरेको घटनालाई लिएर वार एसोसिएसन हङकङले भत्र्सना गरेको छ।

सोमबार वारले एक विज्ञप्ति प्रकाशित गर्दै घटनाको भत्र्सना गरेको हो। आधारभुू कानुन समितिका उपाध्यक्ष मारिया तामले दोषीलाई तत्काल गिरफ्तार गर्न आग्रह गरेको कुरा आरटीएचकेले बताएको छ।

‘यस्ता घृणित गतिविधि गर्नेहरु प्रदर्शनकारी नभई कुख्यात अपराधीहरु हुन, तिनीहरुलाई न्यायको कठघरामा उभ्याउनै पर्छ’, वारले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘यो विडम्बनापूर्ण कुरा हो कि जुन दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको रूपमा मनाईदै थियो, त्यही आयोजक संस्थाले न्याय प्रशासन, कानूनको संरक्षकको रूपमा रक्षा गर्ने, र मौलिक अधिकार र स्वतन्त्रताको पक्षमा रहेको संस्थामाथि आक्रमण भएको छ। यस्ता घृणित कार्यलाई बढवा दिन हुँदैन र छुट पनि दिनुहुँदैन।’

यसैबीच आधारभूत कानुन समितिका उपाध्यक्ष तामले कोर्ट अफ फाइनल अपिल र उच्च अदालतको प्रवेशद्वारमा आगो लगाउनेहरूलाई तत्काल पक्राउ गर्न प्रहरीलाई आग्रह गरेकी छन्।

‘दंगाकारीहरुले हङकङको कानुनी शासनको खिल्ली उडाउनुका साथै अनादर गरेका छन्’, उनले भनेकी छन्, ‘उनीहरुको हिंसात्मक क्रियाकलापले धेरै जसो जनताहरु आजित भएका छ्न्। अब आन्दोलनकारीहरु तार्किक छलफलमा फर्कने यो उत्तम समय हो।’

सरकारले हिंसात्मक क्रियाकलाप गर्नेहरुलाई छु्ट दिने नदिने भन्ने कुरा प्रमुख कार्यकारी क्यारी लामको निर्णयमा भर पर्ने कुरा भएको पनि बताइन्। गत महिना पनि आफूविरुद्द फैसला गरेको भनी अन्दोलनकारीहरुले सातिन अदालतमाथि पेट्रोल बम प्रहार गरी आगजनी गरेका थिए।

आइतबार नागरिक मानवाधिकार मोर्चाद्वारा आयोजित सरकारविरोधी जुलुसमा करिब ८ लाखको सहभागिता भएको आयोजकले दाबी गरेको छ भने प्रहरीका अनुसार जुलुसमा १ लाख ८३ हजार मात्र सहभागी भएको बताएको छ।

हङकङमा बिगत ६ महिनादेखि जारी आन्दोलन रोकिने कुनै संकेत देखिएको छैन।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .