कारोबार


भ्रमण वर्ष नजिकिँदै गर्दा पर्यटनमन्त्रीको सक्रियता बढ्यो, वायुसेवा सञ्चालकसँग छलफल

भ्रमण वर्ष नजिकिँदै गर्दा पर्यटनमन्त्रीको सक्रियता बढ्यो, वायुसेवा सञ्चालकसँग छलफल

नेपालखबर
मंसिर २३, २०७६ सोमबार १२:१,

वायुसेवा सञ्चालकहरुले नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन गरेको सहयोगको आह्रवानप्रति प्रतिबद्धता जनाउदैं वायु सेवा सञ्चालकहरुले सहयोग र सक्रिय सहभागिताको प्रतिबद्धता जनाएका हुन्।

सोमबार सिंहदरबार स्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा वायु सेवा सञ्चालकहरुका संगठन ‘वायु सेवा सञ्चालक संघ, नेपाल’का पदाधिकारीहरुसँग भएको छलफलमा वायुसेवा सञ्चालकहरुले आफ्ना सरोकार र समस्या समेत राख्दै सहयोग र सहभागिताको प्रतिबद्धता जनाएका थिए ।

छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को तयारीको बिषयमा जानकारी दिदै यसलाई सफल बनाउन वायुसेवा सञ्चालकहरुको तर्फबाट हुनुपर्ने सहयोग र मन्त्रालयका अपेक्षा बारेमा धारणा राखेका थिए।

मन्त्री भट्टराईले वायुसेवा सञ्चालकहरुलाई नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भमा विशेष छुट, प्याकेज लगायतका कार्यक्रम बनाउन आग्रह गरेका थिए। यसैगरी नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटनमा ‘एयर सो’ लगायतका सृजनात्मक सहयोग गर्नका लागि अनुरोध गरेका थिए।

वायुसेवा सञ्चालक संघ, नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन वायु सेवा सञ्चालकहरु सक्रिय भएर सहयोग गर्न प्रतिबद्धता जनाए। उनले संघको तर्फबाट वायुसेवाहरुको समस्या र समधानको विषयमा सुझाव समेत राखेका थिए। उनले नेपाल भ्रमण वर्ष–२०२०को अवधीभर निषेधित क्षेत्रमा हेलीकप्टर कम्पनीहरुलाई निर्वाध सेवा सञ्चालन गर्न अनुमति दिनुपर्ने माग राखेका थिए।

यसैगरी काठमाडौंदेखि रामेछापसम्मका बाटो स्त्तोरन्नतिको लागि अनुरोध गरे। छलफलमा संघका सदस्य निमानुरु शेर्पा, हेली एभरेष्ट प्रालिका योगराज कडेल शर्मा लगायतले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन वायु सेवा कम्पनीहरुको सहयोग रहने बताएका थिए।

विदेशी विशिष्ट व्यत्तित्व र सेलीब्रेटीहरुलाई छुट दिने विषयमा पनि छलफल भएको थियो। यसको विषयमा ठोस कार्ययोजना तयार पार्नका लागि नेपाल भ्रमण वर्ष–२०२०को सचिवालय, पर्यटन बोर्ड र वायु सेवा सञ्चालक संघ, नेपाल रहेको समिति पनि बनाइएको छ।

छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, नेपाल भ्रमण वर्ष–२०२०को सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठ लगायत सहभागी थिए।

पछिल्लो एक सातायता मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२०को विषयमा छलफललाई तीव्र पारेका छन्। मन्त्री भट्टराईले यही १८ गते पनि नेपालस्थित ३१ देशका राजदुत र पाँचवटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग नेपाल भ्रमण वर्ष–२०२०को विषयमा छलफल गरेका थिए।

यसैगरी १९ मंसिर २०७६ मा राजनीतिक दलका प्रमुख र राजनीतिक दल निकट जनसंगठनका अध्यक्षहरुसँग छलफलको आयोजना गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad