ad ad

समाज


शीतल निवासअगाडि आत्मदाह गर्न पेट्रोल खन्याइसकेकी थिइन् निहारिकाले

शीतल निवासअगाडि आत्मदाह गर्न पेट्रोल खन्याइसकेकी थिइन् निहारिकाले

फाइल तस्बिर


नेपालखबर
साउन २७, २०७९ शुक्रबार १८:४२, काठमाडौँ

किशोरवयमै आफूलाई पटक पटक आफूलाई बलात्कारमा संलग्न दोषीलाई कारबाही नभएको भन्दै कुमारी आमा निहारिका राजपुतले शुक्रबार राष्ट्रपतिको कार्यालय शीतल निवासअगाडि आत्मदाह प्रयास गरेकी छन्। 

केही दिनयता माइतीघर, सिंहदरबार र बालुवाटार केन्द्रित आन्दोलन गरिरहेकी उनी शुक्रबार दिउँसो शीतल निवास अगाडिको सडकमा पुगिन् 

काखे नाबालक छोरो बोकेर शीतल निवास अगाडि पुगेकी उनले साथमा दुई लिटर पेट्रोल पनि लगेकी थिइन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीका अनुसार उनलाई शरीरमा पेट्रोल खन्याइसकेर आगो लगाउन तयार भइसकेको अवस्थामा उद्धार गरिएको हो। 

बोतल र सानो ग्यालेनमा भरेर लगेको पेट्रोल नै शरीरमा खन्याएर आत्मदाह गर्न तयार भइसकेकी उनलाई प्रहरीले तत्कालै बचाएको हो।

उनले ग्यालेनको पेट्रोल खन्याइसकेकी थिइन् भने मिनरल वाटरको बोतलमा रहेको पेट्रोल प्रहरीले नियन्त्रणमा लिएको छ।

निहारिकालाई गत २० साउनमा सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको थियो। 

'उनी पेट्रोल खन्याएर शरीरमा आगो लगाउन तयार भइसकेकी रहिछन्', ती प्रहरी अधिकारीले भने, 'तर तत्कालै त्यहाँ खटिएको प्रहरी टोलीले हस्तक्षेप गरेर उनलाई शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याएको छ।'

सरकारले पनि सहमतिअनुसार आफ्ना माग नसुनेपछि उनी केही दिनयता चरणवद्ध आन्दोलनमा थिइन्। वसन्तपुरमा करिब एक साता आमरण अनसन बसेपछि गृहमन्त्री बालकृष्ण नै पुगेर दोषीमाथि कारबाहीको सहमति गरेका थिए।

सरकारसँग ५ बुँदे सहमतिपछि निहारिकाले त्यसबेला अनशन तोडेकी थिइन्। तर उक्त सहमति पालना नभएपछि उनले फेरि सडकमा आउनु परेको बताइरहेकी छन्। 

उनले आफूलाई १७ वर्षको उमेरदेखि नै धनुषाका एक व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउँदै आएकी छन्। ती व्यक्तिमाथि कारबाहीका लागि डीएनए परीक्षण हुनुपर्ने उनको माग छ।​

आफूलाई बलात्कारमा संलग्न युवक र आफ्नो छोराको डीएनए परीक्षणमा सरकारले चासो नदिएपछि निहारिकाले शुक्रबार आत्मदाहसम्मको गम्भीर निर्णयमा पुगेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .