कारोबार


बरफ पग्लिएर नांगिएको ग्रिनल्यान्डका पहाडमा दाउ लगाउँदै छन् अर्बपतिहरू

बरफ पग्लिएर नांगिएको ग्रिनल्यान्डका पहाडमा दाउ लगाउँदै छन् अर्बपतिहरू

रिन मार्स
साउन २९ , काठमाडौँ

विश्वका धनीमध्येका केही अर्बपति ग्रिनल्यान्डको पश्चिमी तटमा हेलिकप्टर र ट्रान्समिटरसहित पूर्णरुपले खनिज सम्पत्तिको खोजीमा ठूलो रकम खर्चिरहेका छन्। 

जलवायु परिवर्तनले ग्रिनल्यान्ड नसोचेको गतिमा पग्लिरहेको छ। तर लगानीकर्ताहरू र खनिज कम्पनीहरूका लागि यो एउटा अवसर बनिरहेको छ। जो हरित ऊर्जा रुपान्तरणलाई सक्षम बनाउने महत्त्वपूर्ण खनिजको खजाना भेट्टाउन लागिपरेका छन्। 

जेफ बेजोस, माइकेल ब्लुमबर्ग र बिल गेट्सजस्ता नाम कहलाएका अर्बपतिहरूको एउटा समूह नै ग्रिनल्यान्डका पहाड र उपत्यकाको सतहमुनि दाउ लगाइरहेको छ। खासगरी डिस्को टापु र नुसाक पेनिन्सुलामा सयौँ लाख विद्युतीय सवारीसाधनलाई पुग्ने महत्त्वपूर्ण खनिजहरू रहेको विश्वासमा यसको खोजी थालिएको हो। 

‘हामी खनिज भण्डारणको खोजीमा छौँ जुन विश्वमा हालसम्मकै पहिलो वा दोस्रो ठूलो एकदमै महत्त्वपूर्ण निकेल र कोबाल्टको भण्डारण हुनसक्नेछ’, कोबोल्ड मेटलका प्रमुख कार्यकारी (सीईओ) कर्ट हाउसले भने। 

ग्रिनल्यान्डमा कोबोल्डका कामदार।

आर्कटिकको हराइरहेको बरफ (सतह र समुद्रमाथि)ले एक अनौठो द्विविधापूर्ण संयोग दर्शाउँछ : जलवायु परिवर्तनको प्रभावको हिसाबले ग्रिनल्यान्ड ‘ग्राउन्डजिरो’ हो, तर संकटको समाधानको हिसाबले आवश्यक खनिजहरूको स्रोतका लागि पनि यो अर्को ‘ग्राउन्डजिरो’ बन्नसक्छ। 

अर्बपतिहरूको क्लबले कोबोल्ड मेटल्सलाई वित्तीय सहयोग गरिरहेका छन्। कोबोल्ड खनिज पत्ता लगाउने क्यालिफोर्नियाको स्टार्टअप कम्पनी हो। बेजोस, ब्लुमबर्ग र गेट्सले यसबारे प्रतिक्रिया दिएनन्। ब्ल्यूजे माइनिङसँगको साझेदारीमा कोबोल्डले विरलै पाइने र अमूल्य धातुहरूको खोजी गरिरहेको छ। ती सबै विद्युतीय सवारीसाधन बनाउन र नवीकरणीय ऊर्जाको भण्डारणका लागि चाहिने ठूला ब्याट्रीहरूका लागि आवश्यक मानिन्छन्। 

३० जिअलजिष्ट, जिअफिजिसिस्ट, भान्से, विमान चालक र मिस्त्रीहरू अहिले उक्त क्षेत्रमा क्याम्प बनाएर बसेका छन्। जहाँ कोबोल्ड र ब्ल्यूजेले पृथ्वीको गर्भमा लुकेको खजाना खोजिरहेको छ। 

ग्रिनल्यान्ड तटीय क्षेत्र

त्यहाँ उनीहरूले माटोको नमूना संकलन गरिरहेका छन् भने ट्रान्समिटरसहित ड्रोन र हेलिकप्टरले उपसतहको इलेक्ट्रोम्याग्नेटिक फिल्डको मापन र चट्टानमुनिका सतहको नक्सा तयार गरिरहेका छन्। उनीहरूले तथ्यांक विश्लेषणका लागि कृत्रिम बौद्धिक उपकरण –एआई)को प्रयोग गरिरहेका छन्। यसले कहाँ उत्खनन गर्ने ठ्याक्कै पत्ता लगाउन सकिनेछ। अर्को समर सिजनको सुरुतिर उत्खनन हुनसक्नेछ। 

‘ग्रिनल्यान्डमा जलवायु परिवर्तनबाट पर्ने प्रभाव र परिणामबारे ध्यानाकर्षण भइरहेको छ’, ब्ल्यूजे माइनिङका प्रमुख कार्यकारी बो मलर स्टेन्सगार्डले भने, ‘तर, सामान्यरुपमा भन्नुपर्दा जलवायु परिवर्तनले ग्रिनल्यान्डमा खोजी र उत्खनन निकै सहज भएको छ, गर्न सकिने भएको छ।’ 

उनका अनुसार जलवायु परिवर्तनको कारण अहिले समुद्रमा बरफमुक्त हुने अवधि लम्बिरहेको छ, समूहरू गह्रौँ सरसामानसहितको जहाजयात्रा गर्न सकिरहेका छन् र धेरै धातुहरू विश्व बजारमा सहजै ल्याउन सकिरहेका छन्। 

यता जमिनमाथि ढाकेका बरफे ढिक्का पनि पग्लिँदा नांगो जमिन देखिएको छ। जुन कयौँ शताब्दीसम्म बरफले पुरिएका थिए। अहिले यसले खनिज पत्ता लगाउन सम्भावित क्षेत्र बनेको छ। 

ग्रिनल्यान्डमा समुद्री बरफ पनि पग्लिरहेका छन्

‘जसै भविष्यमा यसरी नै बरफ पग्लिने क्रमले निरन्तरता पाउँछ, स्वाभाविक रुपले धेरै जमिनमा खनिज पहिचान र उत्खनन गर्न सकिनेछ र यो भूमिका केही क्षेत्रले खनिज विकासको सम्भावना बोकेको छ’, युनाइटेड स्टेट्स आर्कटिक रिसर्च कमिसनका प्रमुख माइक फ्राजाले भने। 

ग्रिनल्यान्ड र डेनमार्कका जिअलजिकल सर्वेले पनि ग्रिनल्यान्डमा कोइला, तामा, सुनसहित विरलै पाइने धातुहरू, जिंकको प्रचुर भण्डार हुनसक्ने देखाएको छ। 

ग्रिनल्यान्ड सरकारले बरफ पग्लिएका जमिनमा धेरै स्रोतहरूको अध्ययन गरेको र सरकारले खनिज उत्खननबाट राष्ट्रिय अर्थतन्त्रको विविधीकरणको सम्भावना पहिचान गरेको छ। 

फ्राजाले ग्रिनल्यान्डको संस्कृति र जीवनशैलीलाई केन्द्रमा राख्दै त्यसको लागि आवश्यक वातावरणलाई ध्यान दिएर मात्रै खनिज खजानाको खोजी गरेको बताए। 

ब्ल्यूजेका माइनिङ कर्मचारी

‘ग्रिनल्यान्ड सरकारले उत्तरदायित्व वहन गर्दै दिगो र आर्थिक रुपले सम्भाव्य प्राकृतिक स्रोतहरूको विकासलाई समर्थन गर्छ। यसमा धेरै किसिमका खनिजहरूको उत्खननलाई समावेश गर्छ’, उनले भने। 

स्टेन्सगार्ड जलवायु संकटले निम्त्याउने चुनौतीको समाधानकै अंशको रुपमा यी महत्वपूर्ण खनिज पदार्थलाई लिन्छन्। तर फेरि ग्रिनल्यान्डको पग्लिँदो बरफले भने समुद्री सतह बढाउँछ। जुन आर्कटिकको अध्ययन गरिरहेका वैज्ञानिकहरूको लागि भने ठूलो ध्यानाकर्षणको विषय हो।

‘आर्कटिक समुद्री बरफका लागि सबैभन्दा ठूलो ध्यान यी विगत धेरै दशकयता पग्लिरहेका छन् र अबको २०÷३० वर्षमा हराउन सक्नेछन्’, समुद्री बरफबारेका अध्येता समेत रहेका नासाका एक वैज्ञानिक नाथन कुर्त्जले भने, ‘वर्षैभरि बरफले आर्कटिक ढाकिन्थ्यो, अहिले यो मौसमी भएको छ।’  

सीएनएनबाट भावानुदित। 

साउन २९, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad