न्याय माग गर्दै २७ जेठदेखि आमरण अनशनमा बसेकी महाेत्तरीको जलेश्वर नगरपालिका-९ निवासी साेनाली कुमारी सिह 'निहारिका' र सरकारकारबीच ५ बुँदे सहमति भएकाे छ।
बलात्कार अभियोग लाग्दै आएका प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छाेराकाे डिएनए परीक्षणकाे कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, आमाछाेराकाे आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, निहारिकाकाे आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सबै निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायत सहमति दुई पक्षबीच भएकाे हो।


असार २, २०७९, बिहीबार
प्रतिक्रिया