आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही मागसहित सिंहदरबार अगाडि धर्ना बसेको निहारिका राजपुतलाई प्रहरीले पक्राउ गरेको छ।
छोरासहित धर्नामा बसेकी उनलाई प्रहरीले धरपकड गरेर पक्राउ गरेको हो।
आफूले न्याय नपाएको भन्दै सिंहदरबारको दक्षिण गेटमा अनसन बस्न पुगेकी उनलाई ‘निषेधितक्षेत्रमा विरोध प्रदर्शन गर्न नपाउने’ भन्दै प्रहरीले पक्राउ गरेको हो।
यसअघि उनले न्याय माग गर्दै राजधानीकै वसन्तपुरमा लामो समय अनसन बसेकी थिइन् ।
सरकारसँग ५ बुँदे सहमतिपछि निहारिकाले अनशन तोडेकी थिइन्। तर त्यो सहमति पालना नभएपछि उनले फेरि सडकमा आउनु परेको बताएकी छन्।
उनले आफूलाई १७ वर्षको उमेरदेखि नै धनुषाका एक व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउँदै आएकी छन्। ती व्यक्तिमाथि कारबाही हुनुपर्ने उनको माग छ।
साउन २०, २०७९, शुक्रबार
114
Shares
प्रतिक्रिया