समाज


कांग्रेस नेतृ गौचनलाई अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड

कांग्रेस नेतृ गौचनलाई  अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ५:५९,

 सामाजिक अभियन्ता विमला गौचन डा. भीमराव अम्बेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन्।

भारतीय संविधान निर्माता डा. अम्बेडकरको नाममा ३५ वर्ष अघि स्थापित सो अवार्डबाट यस वर्ष समाजसेवी तथा कांग्रेस नेतृ गौचन सम्मानित भएकी हुन्।

नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा भारतीय अकादमीले डा. अम्बेडकर एक्सिलेन्सी सर्भिस अवार्डबाट सामाजिक अभियन्ता गौचनलाई सम्मानित गरेको हो।

विभिन्न सामाजिक संघ संस्थामा कृयाशील अग्रज समाजसेवी गौचन एकल महिला समूह म्याग्दीकी अध्यक्ष पनि हुन्।

यसैगरी डाक्टर अम्बेडकर कलाश्री अवार्डबाट संचारकर्मी आरती लम्साल सम्मानित भएकी छन्। जातीय विभेदको अन्त्य र महिला सशक्त्तिकरणमा योगदान पुर्याए बापत लम्साललाई सम्मान गरिएको अकादमीले जनाएको छ।

जातीय विभेदविरूद्ध अन्तरजातीय विवाह गरेकी लम्सालले पछिल्लो समय विभेदविरूद्धको अभियान समेत चलाइरहेकी छन्।

यसैगरी समाजसेवीहरू सुशीला कट्टेल गैरे र राजकुमार सुनार पनि सम्मानित भएको नेपाल अकादमीका अध्यक्ष ठाकुरचन्द्र गहतराजले जानकारी दिए।

भारतका केन्द्रीय सामाजिक न्याय मन्त्री एवं राज्यसभा सांसद डा. सत्यनारायण जाटियाले अवार्ड वितरण गरेका थिए।

भारत, नेपाल लगायत दक्षिण एसियाका सञ्चार, मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई संस्थाले प्रत्येक बर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको छ।

दक्षिण एशियाका समतावादी अभियन्ता डाक्टर अम्बेडकर सामाजिक समावेशीकरणका अभ्यासकर्ता हुन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad