ad ad

समाज


पुरुषका लागि गर्भनिरोधक सुई, १३ वर्ष ढुक्क

पुरुषका लागि गर्भनिरोधक सुई, १३ वर्ष ढुक्क

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार ७:३६,

पुरुषका लागि हालसम्म गर्भनिरोधको दुई वटा मात्र विकल्प उपलब्ध छन्। अस्थायीमा कण्डम र स्थायीमा भ्यासेक्टोमी। जसमा शुक्रकीटलाई लिंगसम्म पुर्‍याउने नलीलाई काटिन्छ वा बन्द गरिन्छ।
पुरुषका लागि बनाइएको गर्भनिरोधक चक्की र जेलको आम प्रयोग अझैसम्म भएको छैन।

तर, भारतमा पुरुषका लागि गर्भनिरोधक सुई चाँडै प्रयोगमा ल्याउने बताइएको छ।

दिल्लीका बायोमेडिकल इन्जिनियर सुजोय गुहाले आविष्कार गरेको यो सूई अण्डकोषबाट लिंगसम्म शुक्रकीट पुर्‍याउने नलीमा लगाइन्छ। लट्याउने औषधी लगाएर हानिने यो सूई एक पटक लगाएपछि १३ वर्षसम्म काम गर्ने अनुसन्धाताहरुको दाबी छ। यसले हर्मोनको सन्तुलनमा पनि कुनै असर गर्दैन।

वर्षौँसम्म मानिसमा प्रयोग गरिएको यो सुईको नाम ‘रिसग’ राखिएको छ। यो औषधीले शुक्रकीटलाई निष्क्रिय पार्छ।

यौ औषधीको प्रभाव हटाएर मानिसलाई पुनः प्रजननयोग्य बनाउन अर्को सुई लगाउनुपर्ने अनुसन्धाताहरुको भनाइ छ। तर, पछिल्लो सुई मानिसमा प्रयोग गरिएको छैन। त्यसले जनावरमा भने काम गरेको छ।

‘यो उच्चस्तरीय गर्भनिरोधक हुने छ। यो सुरक्षित छ र लामो समय काम गर्छ। चाँडै नै यसको उत्पादन अनुमति प्राप्त हुने अपेक्षा छ,’ दिल्लीस्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अध्येता आरएस शर्माले भने।

यद्यपि यो गर्भनिरोधक सुईबारे केही प्रश्न उठाइएको छ। ‘यो औषधीको असरलाई पूरै उल्ट्याएर प्रयोगकर्तालाई पुनः प्रजननयोग्य बनाउन सकिन्छ कि सकिँदैन भन्नेबारे अझै अनुसन्धान हुन जरुरी छ। वाशिंगटन स्टेट युनिभर्सिटीका माइकल स्किनर भन्छन्।

आविष्कारका सुजोय गुहा पनि यो औषधीको असर तत्काल उल्ट्याउन सक्छौँ भनेर आफूहरुले दाबी नगरेको बताउँछन्।

जे भए पनि यसले भ्यासेक्टोमीलाई विस्थापित गर्ने अपेक्षा भने राखिएको छ। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .