ad ad

समाज


महोत्तरीको जलेश्वरबाट पाँच राउन्ड गाेलीसहित पेस्तोल बरामद

महोत्तरीको जलेश्वरबाट पाँच राउन्ड गाेलीसहित पेस्तोल बरामद

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार ७:२९,

महोत्तरीको जलेश्वरबाट एक थान लोडेड पेस्तोल बरामद भएको छ।

जलेश्वर नगरपालिका ६ धबौलीबाट शुक्रबार बिहान एक थान इण्डियन पेस्तोल, त्यसमा प्रयोग हुने ५ राउण्ड गोली र एउटा म्यागजिन सशस्त्र प्रहरी बिओपी जलेश्वरबाट खटिएको गस्ती टोलीले बरामद गरेको हो ।

इन्डियन ओरनान्स कम्पनीबाट २००५ सालमा निर्मित ७.६५ एमएमको पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद भएको पेस्तोल गोली र म्यागजिन आवश्वयक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी नं ९ गणका गणपति निरकृष्ण अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .