घुस प्रकरणमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गृह मन्त्रालय तानिएका छन्।
गृहले शुक्रबार दोलखाका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई मन्त्रालय तानेको गृह स्रोतले जानकारी दियो।
प्रजिअ रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार लिएको तथ्य सार्वजनिक भएको थियो। घटना सार्वजनिक भएपछि उनीमाथि दोलाखाबासीले कारबाहीको माग गर्दै आएका थिए।
सार्वजनिक मुद्दा लागेका लामा र तामाङसँग प्रजिअ रिजालले एक लाख ११ हजार रकम लिए पनि १० हजारको मात्रै बिल दिएपछि घटना सार्वजनिक भएको हो। घटना सार्वजनिक भएलगत्तै उनले सम्बन्धित व्यक्तिहरुलाइृ बोलाए बिहीबार सो रकम फिर्ता गरेका थिए।
यसअघि अख्तियारकै कर्मचारी समेत रहेका प्रजिअ रिजालले जनप्रतिनिधिमाथि हातपातकोको आरोपमा पक्राउ परेका लामा र तामाङसँग मुद्दा नचलाउने भन्दै सो रकम लिएका हुन्।
प्रजिअले पदीय आचरणविपरीत कार्य गरेको भन्दै मन्त्रालयले उनीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन मन्त्रालय झिकाएको जनाएको छ।
Shares
प्रतिक्रिया