ad ad

रोचक


मुटु रोकिएको ६ घण्टापछि ब्युँतिइन् यी महिला

मुटु रोकिएको ६ घण्टापछि ब्युँतिइन् यी महिला

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार ६:४९,

६ घण्टासम्म मुटुको ढुकढुकी रोकिएकी एक बेलायती महिलालाई ब्युँताउन चिकित्सकहरु सफल भएका छन्। चिकित्सकहरुले यस घटनालाई ‘असाधारण’ भनेका छन्।

स्पेनको बार्सिलोनामा बस्ने ३४ वर्षीया अड्री स्कुम्यान हिमपात भइरहेको बेला हाइकिङमा गएकी थिइन्। सोही क्रममा उनको मुटुले अचानक काम गर्न छोडेको थियो। सँगै रहेका उनका पतिले एम्बुलेन्स बोलाएका थिए। तर, मुटुको चाल पूरै रोकिएपछि उनका पतिले उनको मृत्यु भइसकेको ठानेका थिए।

बार्सिलोनाको एक अस्पतालमा पुर्‍याउँदा उनको शरीरमा जीवनको कुनै लक्षण थिएन।

‘उनी मृत देखिन्थिन्,’ उनका चिकित्सक एडुवार्ड आर्गुडोले भनेका छन्, ‘तर हाइपोथर्मिया भएका कारण उनी बाँच्ने सम्भावनाबारे हामी सचेत थियौँ।’ शरीरको तापक्रम अत्यन्त कम हुने अवस्थालाई हाइपोथर्मिया भनिन्छ।

‘यदि शरीरको तापक्रम सामान्य रहेको अवस्थामा त्यति लामो समय उनको मुटु रोकिएको भए उनको मृत्यु हुने निश्चित थियो,’ चिकित्सकले भनेका छन्।

उपचारका लागि चिकित्सकहरुले उनको शरीरबाट रगत निकालेर त्यसमा अक्सिजन घोलेर पुनः शरीरमा पठाउने मेसिनको प्रयोग गरेका थिए।

करिब ६ घण्टापछि उनको शरीरको तापक्रम ३० डिग्री सेल्सियस पुगेपछि चिकित्सकहरुले उनको मुटुको चाल सुरु गराएका थिए।

१२ दिनको अस्पताल बसाइपछि स्कुम्यान डिस्चार्ज भएकी छन्।

निको भएपछि उनले आफ्नो स्वास्थ्यमा आएको अभूतपूर्व सुधारका लागि चिकित्सक र अस्पताल कर्मचारी जिम्मेवार भएको बताएकी छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .