ad ad

समाज


बढ्दै चिसाे, काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम

बढ्दै चिसाे, काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार २:२६,

देशभर चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा आज (शुक्रबार) काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज बिहान पौने ६ बजे लिइएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियसमा झरेको हो।

‘यो यस वर्षकै कम तापक्रम हो,’ नेपालखबरसँग उनले भने, ‘हिजो (बिहीबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री थियो।’

आज बिहान काठमाडौं उपत्यकामा निकै चिसो अनुभव भएको छ।

यसैगरी देशभर चिसो बढ्ने क्रम जारी रहेको मौसमविद् अर्यालले बताए।

तराईका केही भूभागमा बिहान बिहान कुहिरोसमेत देखिन थालेको छ।

आज अधिकांश स्थानमा घाम
बिहान तराईका केही स्थानमा एक/दुई घण्टा मसिनो कुहिरो देखिए पनिआज दिनभर देशका अधिकांश स्थानमा घाम लाग्ने मौसमविद्ले अनुमान गरेका छन्।

मौसमविद् मीनकुमार अर्यालका अनुसार मध्य र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्यसम्म मौसम बदली हुनेछ। त्यसबाहेक देशका बाँकी क्षेत्रमा सामान्यतया मौसम सफा रहनेछ।

‘सामान्यतया मौसम सफा भनेको आकाशमा थोरै थोरै बादल पनि देखिने र घाम पनि लाग्ने अवस्था हो,’ उनले भने, ‘मध्य र पूर्वका पहाडी क्षेत्रमा पनि त्यस्तो चर्काे घाम लाग्ने देखिन्न, ठीकै खालको लाग्छ भने पश्चिमका पहाडमा अलि मलिनो टाइपको घाम लाग्छ।’

यसबाहेकका क्षेत्रमा भने राम्रैसँग घाम लाग्ने उनको अनुमान छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .