बुद्धिबहादुर तामाङले साइक्लिङको क्रस कन्ट्री विधामा स्वर्ण हात पारेपछि नेपालले साइक्लिङमा चार स्वर्ण हात पारेको हो।
यसअघि बुधबार साइक्लिङको डाउनहिलमा पुरुषमा राजेश मगर तथा साइक्लिङ डाउनहिल महिलामा निश्मा श्रेष्ठले स्वर्ण जितेका थिए।
आज बिहीबार भने लक्ष्मी मगर र बुद्धिबहादुर तामाङ स्वर्ण जित्न सफल भएका हुन्।
यससँगै नेपालको साग स्वर्ण संख्या ३२ पुगेको छ। यो हालसम्मकै सबैभन्दा धेरै स्वर्ण जितेको संख्या हो।
प्रतिक्रिया