ad ad

समाज


डोटीमा आगोले जलेकी युवतीको मृत्यु, श्रीमानले नै आगो लगाएको माइती पक्षको आरोप

डोटीमा आगोले जलेकी युवतीको मृत्यु, श्रीमानले नै आगो लगाएको माइती पक्षको आरोप

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ६:५३,

डोटीको शिखर नगरपालिकाकी एक युवती आगोले जलेर मृत्यु भएको छ।

 जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको जलेर मृत्यु भएपछि माइती पक्षले उनको हत्या भएको आरेप लगाएका छन्।

भावनाका दाजु शालिग्राम भट्टले परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्केर आगो लगाइ हत्या गरेको आरोप लगाएका छन्। हत्यामा उनका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ।

 जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दिलीपसिंह देउवाले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी तथा जानकारी नआएको बताए। उनले भने, ‘घटनाबारे कुनै जानकारी र उजुरी आएको छैन, उजुरी आएपछि प्रहरीले आफनो काम थाल्ने छ।’

शरीरमा आगो लागेपछि मंसिर ७ गते गम्भीर घाइते भएकी भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पु¥याइएको थियो। उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि मृतक भावनालाई सेती प्रादेशिक अस्पताल कैलाली पठाएकामा कैलालीबाट पनि उनलाई थप उपचारका लागि भारतको बलेरी लगिएको थियो।

बेरी अस्पतालले उनको स्वास्थ्य अवस्था सुधार भएको भन्दै घर पठाए पनि घरमा ल्याउँदा उनको मृत्यु भएको थियो। भावना र शर्माबीच दुई वर्षअघि मात्रै विवाह भएको उनको घरपरिवारले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .