ad ad

खेल


भुटानलाई जितेर नेपालले बनायो कीर्तिमान

भुटानलाई जितेर नेपालले बनायो कीर्तिमान

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ६:३४,

बिहीबार किर्तिपुरको क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले सुरुवाती व्याटिङ गर्दा पुरा २० ओभर खेल्दै ३ विकेटको क्षतिमा २३६ रन बनाएको थियो।

२३७ रनको लक्ष्य पछ्याएको भुटानले जवाफी व्याटिङमा २० ओभर खेल्दा ६ विकेटको क्षतिमा मात्र ९५ रन बनाउन सक्यो।

टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै फराकिलो जित हो।

कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेपछि नेपालले भुटानमाथि विशाल रनको लक्ष्या प्रस्तुत गरेको थियो।

ज्ञानेन्द्रले ५३ बलमा शतक प्रहार गरेका थिए। १८औं ओभरको अन्तिम बलमा क्याच हुनुअघि ज्ञानेन्द्रले ५५ बलमा ५ चौका र ९ छक्का सहित १ सय ७ रन बनाए।

ज्ञानेन्द्रको टिट्वान्टी अन्तर्राष्ट्रियमा यो पहिलो शतक हो। नेपालका लागि यो दोस्रो शतक हो। यसअघि पारसले सिंगापुरविरुद्ध शतक प्रहार गरेका थिए।

यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले २७ बलमा ४ चौका र २ छक्का सहित ४५ रन बनाएर नटआउट रहे। ओपनर पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ८.२ ओभरमा १ सय ८ रनको साझेदारी गरेका थिए।

पारस २८ बलमा ९ चौका र १ छक्का सहित ५७ रनमा आउट भए। पारसको टि–ट्वान्टी आईमा यो चौथो अर्धशतक हो।

भुटानका लागि रामजुङ मिक्यो दोर्जीले २७, सोनाम तब्गेले १५ तथा तोब्देन सिंगेले ११ रन जोडे। अन्यले दोहोरो अंक बनाउन सकेनन्।

यस जितसँगै नेपाल २ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। लिगमा शीर्ष स्थानको श्रीलंकाको टोलीको ४ अंक छ भने दोस्रो स्थानको बंगलादेशी टोलीको २ अंक छ। माल्दिभ्स र भुटान अंकविहिन छन्।

लिगको अन्तिम दुईमा पर्ने टोलीले फाइनल खेल्नेछन्।

अब नेपालले डिसेम्बर ६ मा माल्दिभ्सको सामना गर्नेछ । अन्तिम खेलमा डिसेम्बर ७ मा बंगलादेशसँग खेल्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .