समाज


श्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व : प्रधानमन्त्री देउवा

श्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व : प्रधानमन्त्री देउवा

नेपालखबर
असार २६, २०७९ आइतबार १३:७, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका श्रष्टाहरुलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन्। 

आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका श्रष्टाहरुलाई पुरस्कार समर्पण समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत तथा नाट्य लगायतका विधामा योगदान दिने श्रष्टाहरुको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका हुन्। 

उनले भाषा, साहित्य, संस्कृति, संगीत एवम् नाट्यलगायत विधाहरु मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको बताए। 

नेपालका संस्कृति तथा साहित्य राष्ट्रिय गौरवको विषय भएको पनि देउवाले बताए। स्रष्टा र साधकहरूलाई राज्यले सम्मान गर्दै आएको उल्लेख गर्दै यस प्रकारको सम्मानले श्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने उनले बताए। 

भाषा, साहित्य, संस्कृति, इतिहासकला, संगीत एवं नाट्य लगायतका विधाहरु मुलुकका गहना हुन्। ती हाम्रा सभ्यता र संस्कृतिका धरोहर हुन्’, उनले भने, ‘ती हाम्रा राष्ट्रिय गौरवका विषय हुनुका साथै तिनले नै स्वदेश तथा विदेशमा नेपालको विशिष्ट राष्ट्रिय पहिचान बनाउन सघाउ पुर्‍याउँदै आएका छन्।’

प्रधानमन्त्री देउवाले श्रष्टाहरुप्रति राज्यले गरेको सम्मानले मुलुकको प्रतिष्ठा उच्च बनाउन तथा देशको सर्वाङ्गीण विकासमा श्रष्टाहरुको अझ योगदान हुने विश्वास व्यक्त गरे। 

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले विभिन्न विधामा योगदान पु¥याउने ४३ जना श्रष्टाहरुलाई पुरस्कृत गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad