ad ad

समाज


विभागको आग्रह : १५ दिनभित्र जिल्लामै राहदानी आउँछ, काठमाडौं धाउनुपर्दैन

विभागको आग्रह : १५ दिनभित्र जिल्लामै राहदानी आउँछ, काठमाडौं धाउनुपर्दैन

नेपालखबर
असार १९, २०७९ आइतबार १४:१०, काठमाडौँ

पछिल्लो समय राहदानी लिने नागरिकको लाइनले अवस्था अस्तव्यस्त हुन थालेपछि राहदानी विभागले सेवाग्राहीलाई काठमाडौं नआउन भनेको छ।

विभागका प्रववक्ता शरदराज आरणले आइतवार एक वक्तव्य निकालेर आवेदन दिएको १० देखि १५ दिनमै राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पुग्ने भएकाले काठमाडौं नआउन भनेको हो। 

विभागले राहदानी लिनेहरुको संख्या तीन महिनादेखि उल्लेख्य बढिरहेको जनाँदै सेवा प्रभावकारी बनाउन क्षमता अभिवृद्धिका साथै सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाइएको जनाएको छ। 

विभागले विद्युतीय राहदानी प्रणालीमा समयसापेक्ष अद्यावधिक गर्नुका साथै अनलाइन प्रणालीको निरन्तर सुधार गरिरहेको पनि जनाएको छ। 

सार्वजनिक विदाको दिनमा समेत सेवाग्राहीलाई सेवा दिएको विभागले जनाएको छ। 'दैनिक विभागमा आवेदन दिनेको संख्या २४ सय रहेको छ। राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य आपतकालीन कार्यका लागि दैनिक ५००० भन्दा बढी सेवाग्राहीलाई विभागले सेवा प्रदान गरिरहेको छ', आरणले विज्ञप्तिमा भनेका छन्, 'विभागले हाल दैनिक ६५ सय राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको छ।'

विभागले जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको जनाएको छ। 

'काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ', उनले भने, 'यसर्थ, अत्यन्त जरुरी परेका सेवाग्राहीले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनुहुन सेवाग्राहीमा अनुरोध छ।'

विभागले सुरुमा २-३ महिनासम्म लाग्ने सेवा प्रवाहको समय घटाएर हाल १ हप्ताभित्रै सेवा प्राप्त गर्न सक्ने प्रवन्ध मिलाइएको जनाएको छ। 

विभागले सेवाग्राहीहरुको सहजताको लागि प्रत्येक दिन २४ सयजनाले अनलाइनबाट फाराम भर्न सक्ने र भरिसकेपछि १ देखि ४ दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने जनाएको छ। 

आवेदन गरेपछि २ कार्यदिनमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाइएको छ। विभागले सेवाग्राहीहरु बिहान एकैपटक आउँदा विभागमा उल्लेख्य भीड हुने भएकोले आवेदन फाराममा उल्लेख मिति र समयमा मात्रै विभागमा आउन पनि भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .