ad ad

समाज


देशका धेरै स्थानमा वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

देशका धेरै स्थानमा वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

नेपालखबर
असार १४, २०७९ मंगलबार ६:४३, काठमाडौँ

अहिले (मंगलबार बिहान ६:३० बजे) राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसमविद् सजिना शाक्यका अनुसार यतिबेला गण्डकी लुम्बिनी प्रदेशका केही स्थान, बागमती प्रदेशको पहाडी भेगमा, प्रदेश १ को दक्षिणी क्षेत्रमा वर्षा भइरहेको छ। मधेस प्रदेशमा भने कमै वर्षा भइरहेको उनले बताइन्। 

‘काठमाडौं उपत्यकाका पनि विभिन्न स्थानमा वर्षा भइरहेकोे छ’, मौसमविद् शाक्यले मंगलबार बिहान नेपालखबरसँग भनिन्, ‘दिउँसोपछि वर्षा बढ्ने सम्भावना छ।’ 

मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

बुलेटिनअनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .