गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर र अन्य दुई जनालाई काज र सरुवा गरेको छ।
मन्त्रालयले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई चितवन सरुवा गरेको छ। त्यस्तै भक्तपुरका सीडीओ नारायण प्रसाद भट्टलाई मकवानपुर सरुवा गरेको छ। त्यस्तै, चितवनका सीडीओ जितेन्द्र बस्नेतलाई पर्सा पठाइएको छ भने गृहकी सहसचिव हुमकला पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको रुपमा भक्तपुर काजमा पठाइएको छ।
यस्तै, लमजुङका प्रजिअ डा. डिजन भट्टराईलाई अध्यागमन विभागको निर्देशकमा सरुवा गरिएको छ भने अध्यागमनका वरिष्ठ अध्यागमन अधिकृत लक्ष्मण बहादुर खड्कालाई लमजुङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ।
प्रतिक्रिया