ad ad

समाज


महरालाई छुटाउन माग गर्दै उच्च अदालतमा रोशनी शाहीले दिइन् निवेदन

महरालाई छुटाउन माग गर्दै उच्च अदालतमा रोशनी शाहीले दिइन् निवेदन

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार १०:५७,

बलात्कार प्रयासको अभियोगमा जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई छुटाउन रोशनी शाहीले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेकी छन्।

दुई दिनअघि महरालाई छुटाउने माग राख्दै उनले निवेदन दिएपछि अदालत प्रशासनले दरपीठ गरिदिएको थियो। तर, मंगलबार शाहीले इजलासमा पुगेर पुनः निवेदन दिएकी हुन्।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बेरीतको भन्दै पीडित भनिएकी शाहीले दुई दिनअघि अदालतमा निवेदन दिएकी थिइन्। उनको निवेदन बुधबार इजलासमा पेस हुने उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले जानकारी दिए।

शाहीले महराविरुद्धको जाहेरीमा आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको र जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश बेरीतको भएको दाबी गर्दै सो आदेश बदर गर्न माग गरेकी छन्।

थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध महराले गत ५ मंसिरमै उच्च अदालतमा निवेदन दिसकेका छन्।

जिल्ला अदालत काठमाडौंले १८ कात्तिकमा महरालाई बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .