ad ad

खेल


महिला भलिबलको फाइनलमा पत्रकारलाई प्रहरीको अवरोध (भिडियो)

महिला भलिबलको फाइनलमा पत्रकारलाई प्रहरीको अवरोध (भिडियो)

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार १०:४९,

१३ औं साग महिला भलिबलको फाइनलमा पत्रकारलाई रिपोर्टिङका क्रममा अवरोध भएको छ।

उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि भै उपस्थित कार्यक्रममा हल भरिएको भन्दै पत्रकारहरुलाई ढोका बाहिर नै राखिएको हो।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा यतिबेला नेपाल र भारतबीच भलिबल फाइनल जारी छ।

तर त्यहाँ नेपालका विभिन्न समाचार माध्यमका पत्रकारलाई प्रहरीेले प्रवेश गर्न दिइरहेका छैनन्।

प्रहरीले हाउस फुलभन्दै पत्रकारहरुलाई रिपोर्टिङमा निषेध गरेका हुन्। यससँगै कभर्डहल अगाडी होहल्ला मच्चिएको छ।

प्रहरीहरु कभर्डहल पस्ने ढोका अगाडि उभिएका छन्।

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .