ad ad

समाज


आईजीपीकाे रिटमा आज सुनुवाइ हुँदै

आईजीपीकाे रिटमा आज सुनुवाइ हुँदै

नेपालखबर
असार ५, २०७९ आइतबार ७:३०, काठमाडौँ

आईजीपी बढुवाविरुद्धकाे रिटमा आज सुनुवाइ हुँदै छ।

सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिटमा जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएकाे हाे।

त्याे दिन बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा छ।

कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालकाे इजलासमा सुनुवाइ हुनेछ।

बहस गर्ने अधिवक्ता धेरै हुँदा आज पनि फैसला हुने संभावना कम छ। 

यसअघि ३० गते तीन डीआईजीकाे तर्फबाट भने बहस सकिएकाे छ। याे रिट पनि लगाउमा राखिएकाले सँगै फैसला हुनेछ।

सरकारले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका हुन्। सँगै भर्ना भए पनि पोखरेल सिंहभन्दा १७ महिना पहिले एआईजी भएका थिए।

सिंहलाई आईजीपी स्वीकार्न नसक्ने भन्दै अहिले बिदा अस्वीकृत भए पनि कार्यालयमा हाजिर भएका छैनन्। २४ गते नै उनको बिदा सकिएको हो। वैशाख १९ देखि बिदामा थिए। 

बिदा माग गरे पनि सिंहले नदिएर हाजिर हुन निर्देशन दिएपछि पोखरेलले बिदा मागेको प्रमाण पनि मिसिलमा संलग्न गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .