ad ad

समाज


भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन

भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन

नेपालखबर
असार ५, २०७९ आइतबार ७:२४, झापा

झापामा बस्दै आएका भुटानी शरणाथी नेता डा.भम्पा राईको निधन भएको छ। 

विगत केही दिनदेखि गम्भीर बिरामी रहेका राईको आज (आइतबार) बिहान ७५ वर्षको उमेरमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

राई विगत २९ वर्षदेखि झापाको दमकमा बस्दै आएका थिए। झापामा बसेर उनले भुटानी शरणार्थीको स्वदेश फिर्ति अभियानको नेतृत्व गर्दै आएका थिए। दुई वर्ष अघि मात्रै पत्नीको मृत्यु भएपछि उनी एक्लै थिए।

राईकी भाञ्जी रौरी राईका अनुसार पाँच दिन अघि मात्रै उनको दमकस्थित लाइफलाइन अस्पतालमा हर्नियाको शल्यक्रिया गरिएको थियो। स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई शनिबार दिउँसो विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो। शनिबार साँझदेखि उनको मुटुको चाल कम भएको थियो।

राईको पार्थिव शरीरको आजै किरात संस्कारअनुसार दमकस्थित रतुवामाई जंगलमा अत्येष्टि गर्ने तयारी छ।

शरणार्थी बनेर आफ्नो देशबाट लखेटिनुअघि उनी भुटानी राजाका निजी डाक्टर थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .