ad ad

समाज


जनकपुरमा विवाहपञ्चमी महोत्सव : आज राम-सीताको टीकाटालो

जनकपुरमा विवाहपञ्चमी महोत्सव : आज राम-सीताको टीकाटालो

शैलेन्द्र महतो
मंसिर १३, २०७६ शुक्रबार ३:५६,

सीताराम विवाह पञ्चमीको चौथो दिन आज (शुक्रबार) जनकपुरमा तिल्कोत्सव मनाइँदै छ। यस वर्षमा जानकी मन्दिरबाट एक हजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिल्कोत्सव मनाइँछ ।

तिल्कोत्सवलाई मैथिलीमा छेका भनिन्छ। विवाह हुनु अघि बेहुली पक्षले बेहुला अर्थात वरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधि गरिन्छ।

दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफुल, लताकपडासहित १ हजार १ भार जानकी मन्दिरबाट बाजागाजासहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुग्ने गर्दछन्।

4 1

भारको नेतृत्व अर्थात राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्त हुन्छन्। रामको बुबा अर्थात राजा दशरथको भूमिकामा राममन्दिरका महन्त राम गिरी रहने परम्परा छ।

राम मन्दिरमा भार पुगेपछि तिल्कोत्सवको कार्यक्रम भव्य रुपमा सुरु हुन्छ। त्यहाँ महिलाहरुले मैथिली भाषाका थरी थरी लोक तथा गाली गीतले छोरी जानकीको पक्षबाट पुगेका साधुशन्तलाई गाली गरी स्वागत गर्ने चलन छ। यसरी सम्धि मिलन र तिल्कोत्सव सम्पन्न हुन्छ।

5

यस वर्ष भने जानकी मन्दिरबाट नभई एतिहासिक बाह्रविघा रंगभूमि मैदानबाट भार लिएर जानकी मन्दिरको परिक्रमा गर्दै राममन्दिर पुगेर तिल्कोत्सव गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए।

यस अघि बिहीबार बाह्रविघा मैदानमा भव्य रुपमा धनुष यज्ञ मनाइएको छ।

धनुष यज्ञामा काँग्रेस उपसभापति विमलेन्द्र निधि, नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरी, भारत अयोध्याबाट आएका जन्ती तथा हजारौँ दर्शनार्थी सहभागी थिए।

4 2

त्रेता युगमा राजा जनकले छोरी सीताको योग्य वर छनोटको लागि भगवान पर्शुरामले दिएको शिव धनुष भाँच्ने यज्ञ गरेका थिए। अहिले पनि त्यसरी नै धनुष यज्ञको आयोजन गर्ने गरिन्छ।

धनुष यज्ञमा रामको स्वरुप बनेका बालकले धनुष भाँच्ने गर्छन्। धनुष यज्ञ अवलोकन गर्न हजारौँको संख्यामा साधुशन्त तथा दर्शनार्थी भेला भएका थिए।

मंसिर १५ गते आईतबार हुने आदर्शनारी सीता र भगवान रामको विवाहको विधि गएको मंसिर १० गतेबाटै चलिरहेको छ।

2

मंगलबार नगर दर्शन, बुधबार फुलबारी लिला र बिहीबार साँझ बाह्रविघा मैदानमा भव्य रुपमा धनुष यज्ञ सम्पन्न गरिएको छ। यस्तै आज (शुक्रबार) तिल्कोत्सव हुने छ। भोली शनिबार सीता र रामको मटकोर र आईतबार विवाहको कार्यक्रम छ।

त्रेता युगमा जस्तै प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र आदर्शनारी सीताको डोलालाई स्वयंवर गरी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .