समाज


यातायात कार्यालय गुर्जुधाराका अधिकृतसहित पाँच जना विरुद्ध मुद्दा

यातायात कार्यालय गुर्जुधाराका अधिकृतसहित पाँच जना विरुद्ध मुद्दा

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ९:४५,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारको टोलीले तीन हजार रुपैयाँ घुस लिएको आरोपमा शाखा अधिकृत भट्टराई र दिने किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकी विरुद्ध मुद्दा दायर गरेको हो।

अनुसन्धानको सिलसिलामा यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईले मोटरसाइकल नामसारी गर्ने प्रयोजनका लागि सनाखत गरि दिएबापत रिकन्डिसन हाउसको सम्पर्क कार्यालयमा गई विभिन्न प्रतिनिधिहरुमार्फत सो रकम घुस रिसवत लिएको अख्तियारले जनाएको छ।

बिरेश अटो स्टेसनका प्रतिनिधि किरण देउला, दिप इन्टरप्राइजेजका प्रतिनिधि गणेशकुमार केसी खड्का, ब्रदर (ब्रो) रिकन्डिसन प्रालिका प्रतिनिधि सुरेश छुस्याकी र सिद्दी इन्टरप्राइजेजका प्रतिनिधि उत्तम विक्रम शाहीले जम्मा रु तीन हजार शाखा अधिकृत भट्टराईलाई दिएको अनुसन्धानबाट पुष्टि भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad