राखेपले अनलाइन टिकट बुकिङ गर्न सकिने बताउँदै साग टिकट बुकिङका लागि इ–सेवासँग सम्झौता भएको जानकारी दिएको छ।
राखेपका सदस्य सचिव रमेश सिलवालले बिहीबार टिकटको १५ प्रतिशत कमिसनको रुपमा इसेवालाई प्रदान गरिने बताए।
सामान्यतर्फ ५ सय र भिआइपीका लागि एक हजार रुपैयाँ टिकटको मूल्य तोकिएको छ।
१५ हजार ९ सय सिट क्षमता भएको दशरथ रंगाशालाका अन्य सिट भने अतिथि, पत्रकार, अफिसियलहरुका लागि तोकिएको छ।
प्रतिक्रिया