समाज


इरानमा बिहीबार सरकार विरोधी प्रदर्शन, आठ जनाको मृत्यु

इरानमा बिहीबार सरकार विरोधी प्रदर्शन, आठ जनाको मृत्यु

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ७:४७,

इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन्।

उनीहरुले सरकारले करिब दुई हप्ताअघि पेट्रोलको मूल्यवृद्धिको घोषणा गरेपछि त्यसकोे विरोधमा प्रदर्शन शुरु गरेका हुन्। त्यस विरोध प्रदर्शनका क्रममा कैयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इरानी राष्ट्रपति हसन रौहानीले इरानका बहुसङ्ख्यक जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सङ्कलन हुने रकम जनतालाई नै वितरण गरिने जानकारी दिएका छन्।

इरान सरकारले गतवर्षको डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने जनाएको थियो। तर पनि यस निर्णयको यहाँका सर्वसाधारणले विरोध गरेका कारण संसद्ले उक्त प्रस्तावलाई अस्वीकृत गरेको थियो।

अमेरिकाले आर्थिक प्रतिबन्ध लगाएपछि इरानमा आर्थिक संकट चुलिएको हो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad