ad ad

समाज


अस्ट्रेलियामा मुस्लिम गर्भवती महिलामाथि घातक आक्रमण

अस्ट्रेलियामा मुस्लिम गर्भवती महिलामाथि घातक आक्रमण

नेपालखबर
मंसिर ८, २०७६ आइतबार ११:३८,

गत बुधबार न्यु साउथ वेल्सको एक क्याफेमा बसेर आफ्ना साथीहरुसँग कुरा गरिरहेकी राना हैदरमाथि बाहिरबाट आएका एक व्यक्तिले मुक्का प्रहार गरेको सीएनएनले जनाएको छ।

आक्रमणबाट घाइते भएकी ३१ वर्षीय हैदरले आफ्नो शिरमा स्कार्फ लगाएकी थिइन्।

उनी ३८ हप्तादेखि गर्भवती भएको जनाइएको छ। यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ।

भिडियोमा ४३ वर्षका अभियुक्तले गर्भवती महिलालाई भुइँमा लडुन्जेल उनको शिरमा मुक्का प्रहार गरेको देखिन्छ।

प्रहरीले यस घटनालाई जातीय आक्रमण भनेको छ। अस्ट्रेलियामा यस्ता घटना सह्य नहुने प्रहरीको भनाइ छ। यतिबेला ती व्यक्तिलाई जेलमा हालिएको छ।

यस विषय अदालतमा जाने त्यसपछि उनीमाथि थप कारवाही हुने जनाइएको छ।

आक्रमणबाट घाइते भएकी हैदरले आफूले अस्ट्रेलियामा यसअघि पनि जातिवादि आक्रमण खेपेको बताउँदै यस्ता कार्य बन्द हुनुपर्ने बताएकी छिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .